सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा नाबालकसहित ५९ जनामा कोरोना सङ्क्रमण

बुधबार, ०३ असार २०७७, १८ : ५१
बुधबार, ०३ असार २०७७

गुल्मी । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट सङ्क्रमित ५९ जना पुगेका छन् । कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको  स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए । 

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।  नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन् ।

गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए । 

जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ । 

अर्घाखाँचीमा चारले जिते कोरोना
अर्घाखाँची– अर्घाखाँचीमा चार कोरोना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको छ ।  जिल्लामा सबैभन्दा पहिले सङ्क्रमित भएका पाणिनी गाउँपालिका–८ का दुई जना कोरोना जितेर घर फर्किएको तथा दुईलाई आइशोलेसनमा बस्ने समय नपुगेकाले घर नपठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा  कपिल गौतमले बताए । 

उनीहरुलाई जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतम र सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बिदाइ गरेका थिए ।  पाणिनि गाउँपालिका वडा नम्बर ८ का दुई तथा छत्रदेव गाउँपालिका  र शीतगङ्गा नगरपालिकाका एकएक गरी चार जनाले कोरोना जितेका हुन्  ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप