सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन भेटिए सर्वाधिक १३ हजार बढी संक्रमित

बिहीबार, ०४ असार २०७७, ०७ : ४२
बिहीबार, ०४ असार २०७७

भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार यहाँ एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ बिरामी भेटिएका छन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् । दिल्लीमा सर्वाधिक २४ सय १४  र उत्तर प्रदेशमा ५ सय ८३ रिपोर्ट पोजेटिभ आयो । तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार पार भयो । यो महाराष्ट्र पछि दोस्रो सबैभन्दा धेरै संक्रमित भएको राज्य हो ।

उता दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ जबकि मंगलबार उनको रिपोर्ट नेगेटिभ आएको थियो । आप विधायक आतिशी पनि संक्रमित भए । पूर्व केन्द्रीय मन्त्री र राजद नेता रघुवंश प्रसाद सिंहलाई पनि कोरोना संक्रमण भएको छ ।  

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप