सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवन टीकाथलीका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार, ०४ असार २०७७, २३ : ०१
बिहीबार, ०४ असार २०७७

चितवन । चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए । हालसम्म ललितपुरका पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक  पुरुषको मृत्यु  भएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप