सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारत–चीन तनावबीच अमेरिका र चीनद्वारा मेलमिलापको प्रयास

शुक्रबार, ०५ असार २०७७, ०७ : २३
शुक्रबार, ०५ असार २०७७

भारत र चीनबीचको तनाव चरम अवस्थामा छ तर अमेरिका र चीनको सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिस जारी छ । चीनका शीर्ष कूटनितिज्ञ यांग जिची र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार सात घण्टासम्म हवाई छलफल भयो । यी दुई एक डिनरका लागि भेटेका थिए  ।

विशेषज्ञका अनुसार उक्त बैठकपछि सबै कुरा ठिक नभएपनि भारी तनावको स्थिती हल्का हुनसक्छ र मध्यमार्गी बाटो निस्किएको हुनसक्छ । दुई देशबीचको यो बैठकले अमेरिका र चीन तनाव नबढोस् भन्ने चाहनामा भएको बुझिन्छ । चीनले यो भेटलाई रचनात्मक बताएको छ ।

उक्त भेटमा यांगले अमेरिकासँग हङ्गकङ, ताइवान र शिन्जियांगको मामिला आफ्नो आन्तरिक भएको बताउँदै कुनै दखल नदिन आग्रह गरेको बताइन्छ । पोम्पियोले भने कोभिड–१९ महामारीको विषयमा चीनलाई पारदर्शि सूचना साझा गर्न आग्रह गरेको पनि बताइन्छ ।

चिनियाँ सीमामा २० भारतीय सैनिकको मृत्युको विषयमा अमेरिकाको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप