सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेन्नईमा पुनः लागू गरियो लकडाउन

शुक्रबार, ०५ असार २०७७, १३ : १६
शुक्रबार, ०५ असार २०७७

तलिमनाडुको राजधानी चेन्नई र योसँग जोडिएका तीन जिल्लामा एकपटक पुनः लकडाउन लागू गरिएको छ ।

यहाँ अब अत्यावश्यक सामानको पसल र मेडिकल स्टोरमात्रै खुल्नेछन् । १२ दिनसम्म लागू गरिएको लकडाउन २० जूनसम्म चल्नेछ ।

चेन्नईमा करिब ३७ हजार बढी संक्रमित छन् जबकि पूरा तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार छ ।

राज्यमा हालसम्म  ६ सय जनाको मृत्यु भइसकेको छ  । संक्रमितको तुलनामा यहाँको मृत्युदर कम नै छ । यसबारे अनुसन्धान सुरु भएको छ । एक रिपोर्टका अनुसार चेन्नईमा २ सय जनाको मृत्युलाई कोरोना संक्रमितको मृत्युसँग जोडिएको थिएन ।

भारतमा यो महिनाको सुरुवातमा लकडाउन हटाइएको थियो । चेन्नई एक मात्र शहर हो जहाँ पूर्ण रुपमा लकडाउन लागू गरिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप