लकडाउन खुकुलो पार्न अघि र पछिको राजधानी, कति बदलियो ? तस्विरमा हेर्नुहोस्
काठमाडौँ । केही दिनअघिसम्म राजधानीका सडक र गल्लीहरु सुनसान थिए । कार्यालय र पसलहरु बन्द हुँदा सडकमा कमै मात्र गाडीहरु दौडन्थे । अत्यावश्यक कामबाहेक मानिसहरु घरभित्र बस्ने हुँदा सधैँ भिडभाड हुने काठमाडौँको दैनिकी नै परिवर्तन भएको थियो ।
साढे दुई महिना लामो लकडाउनपछि सरकारले बिस्तारै यसलाई खुकुलो बनाउन सुरु गरेको छ । पहिलो चरणमा लकडाउनलाई खुकुलो बनाउने केही सेवाहरुलाई सञ्चालनको अनुमति दिइएको छ ।
अहिले सडकमा पुनः भिडभाड देखिन थालेको छ । व्यापारिक केन्द्र तथा पसलहरु खुलेका छन् । पहिलेभन्दा चहलपहल बढेको छ । तैपनि काठमाडौँमा आफ्नो पूर्ववत दैनिकीमा फर्किसकेको भने छैन ।
फोटोपत्रकार सुवास श्रेष्ठले एकै ठाउँबाट लकडाउनका दौरान र लकडाउन खुकुलो भएपछि तस्विरहरु कैद गरेका छन् । हेरौँः
असन बजार
बबरमहल
बसन्तपुर
भद्रकाली
विजुली बजार
विशालबजार
विशालबजार
घण्टाघर
इन्द्रचोक
इन्द्रचोक
जुद्ध सालिक
नयाँ सडक
नयाँ सडक
एनएसी सडक
सिंहदरवार
तलेजु भवानी
तलेजु भवानी