मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’– योजना

बिहीबार, २२ भदौ २०७४, १८ : १८
बिहीबार, २२ भदौ २०७४

काठमाडौं – चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक योजना ल्याइएको हो ।


 योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क््याच कार्ड प्राप्त गर्नेछन् । यस स्क््रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार , १२ जना ग्राहकले जिओनी मोवाइल सेट, वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन् । यो योजना अन्र्तगत, हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार पाउने छन् ।
  ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना काठमाडौँ उपत्यका भित्र भदौ २२ गते ( सेप्टेम्बर ७ तारिख ) देखि कात्र्तिक १० गते ( अक्टोवर २७, २०१७ ) तारिखसम्म कायम रहनेछ तथा सोही योजना काठमाडौँ उपत्यका बाहिर भदौ २५ गते ( सेप्टेम्बर १० तारिख ) देखि कात्र्तिक १० गते ( अक्टोवर २७, २०१७ ) तारिखसम्म कायम रहनेछ ।
मोबाइल बजारमा जियोनी अत्याधुनिक प्रविधिका साथै उच्चस्तरीय नयाँ विशेषता भैकन पनि अपेक्षाकृत सस्तो भएकाले नेपाली बजारमा  ग्राहकहरुले विक्रीको प्रारम्भ देखि नै रुचाउन थालेका छन् र छोटो अवधिमा नै माग उल्लेखनीय रुपमा बढेको छ । यसको स्टाईललाइ नेपालीहरुले रुचाएर नै धेरैको हातमा जिओनी देख्न पाइने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप