मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हिमस्टारले ल्यायो ४ नयाँ नयाँ वासिङ मेसिनहरु

बिहीबार, २२ भदौ २०७४, १८ : २७
बिहीबार, २२ भदौ २०७४

काठमाडौं – हिम इलेक्ट्रोनिक्स प्रा.लि., गोल्छा अर्गनाईजेसनको सदस्यले सन् २०१७ का लागि लण्ड्री लाइनअपमा ४ नयाँ मोडेलहरु थप गरेको छ ।

जसमा इलेक्ट्रोनिक एप्लायन्सेस मध्ये ६.५ केजीको एउटा टप लोडिङ्ग र ६.५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ्ग वासिङ मेसिनहरु भित्र्याएको कम्पनीले जनाएको छ  हिमस्टारले आफ्ना वासिङ मेसिनमा सहजरुपमा प्रयोग गर्न, तिब्र कार्यक्षमता प्रदान गर्न, हेभी ड्यूटीर सुरक्षा प्रदान  गर्ने जनाएको छ ।

 
फ्रन्ट लोडिङ्ग मोडलहरु विभिन्न १५ विशेषताहरुसहित आउँछ, जसले इन्टेलिजेन्स कन्ट्रोल, एलईडी डिस्प्ले, टेम्पेरेचर रेगुलेसन, १५–१८ मिनेट क्विक वास, १–२४ आवर डिले स्टार्ट,चाइल्ड लक फग्ङसन्, पावर अफ मेमोराईजेसन, ३०–३३ सेन्टिमिटर डोर अपरेटिंङ डायमिटर, स्पीन स्पीड अफ १०००÷१२००÷१४०० आरपीएम र ६.५ केजी÷७.५ केजी र १० केजीको क्षमता भएको  जनाएको छ । 

टप लोडिङ मोडल ६ प्रोग्राम विशेषतासहित आएको छ , जसमा एलईडी डिस्प्लेसहितको इलेक्ट्रोनिक कन्ट्रोल, अटो ब्यालेन्स सिस्टम, ओभरहिटिंग कन्ट्रोल, बजर, अप्सन वाटर पम्प, अप्सनल डबल इन्लेट तथा ६८० आरपीएमको स्पीनस्पीडरहेको छ ।
हिमस्टार वासिंग मेसिनहरु नयाँ प्रविधिसहित उपलब्ध छन् जसले ग्राहकहरुलाई सुविधा र समयको बचत गराउनुका साथै अतिउत्कृष्ट धुलाईको अनुभव दिने कम्पनीको दावी छ । 


वासिङ मेसिनहरुले कपडाहरु सफा र चहकिलो बनाउन हाई स्पीन रेटमा संचालन हुन्छ । यी वासिङ मेसिनहरु १ वर्षको वारेण्टिका साथ बजारभर उपलब्ध छन् । जसको मूल्य रु. ३२ हजार ५ सय ९० देखि रु ६८ हजार २ सय ९० सम्म तोकिएको छ ।ग्राहकहरुले प्रत्येक वासिङ मेसिनको खरिदमा हिमस्टारको स्टीम आइरन पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप