सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी एकैदिन १४ हजार ५१६ संक्रमित

शनिबार, ०६ असार २०७७, २२ : १७
शनिबार, ०६ असार २०७७

एजेन्सी । भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५१६ जना संक्रमित भेटिएका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ ।    भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २०९ रहेको छ । यहाँ अझै उपचाररत एक लाख ६८ हजार २६९ रहेको बताइएको छ । –एएनआई    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप