सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीले आत्महत्या गरेका छन्ः गायक योगेश्वर अमात्य
आइतबार, ०७ असार २०७७, ०८ : ४१
गायक योगेश्वर अमात्यले सङ्गीत कम्पनीहरुका कारण नेपालमा पनि सङ्गीतकर्मीहरुले आत्महत्या गरेको बताएका छन् ।
शनिबार योगेश्वरले आफ्नो फेसबुक अकाउन्टमा सङ्गीत कम्पनीहरुले सङ्गीतकर्मीलाई अन्यायमा पारेको बताउँदै एउटा स्टेटस लेखेका छन् ।
यसमा उनले लेखेका छन्, ‘सङ्गीत कम्पनीहरुका कारण हाम्रो देशमा पनि सङ्गीतकर्मीहरु आत्महत्या, डिप्रेशनमा परेर मृत्यु, आफ्नो सङ्गीतको बाली बटुल्न नपाएर गरिब हुनु परेको छ ।’
यसमा उनले थपेका छन्, ‘सङ्गीत कम्पनीहरु चाहिँ आफू मोटाइरा’ छन् । त्यो पनि डलरमा । बिचरा सङ्गीकर्मीहरु लुटिएका छन् ।’
यसका लागि उनले उचित न्याय हुनुपर्ने मागसमेत राखेका छन् ।
‘यसको पनि दुधको दुध पानीको पानी हुनुपर्छ । मरेकाहरुले न्याय पाउनुपर्छ र अन्याय गर्ने सङ्गीत कम्पनीहरुलाई हत्याको सजाय,’ उनले लेखेका छन् ।