इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु
आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र मन्जिलमा अत्यधिक क्षति भयो । यस भूकम्पमा झन्डै ४० हजारको मृत्यु भएको अनुमान गरिन्छ । त्यस्तै ६० हजारदेखि १ लाखभन्दा धेरै मानिस घाइते भएका थिए । ५ लाख जनाभन्दा धेरै घरबारविहीन भए । इरानको भूगर्भ विभागले गरेको अनुमानअनुसार तत्कालीन समय ८ बिलियन डलर बराबरको आर्थिक क्षति भयो ।
अन्य घटनाक्रम
१९७५– वेस्ट इन्डिजलाई पहिलो विश्वकप उपाधि ।
२०१२– अफ्रिकी देशबाट अस्ट्रलियातर्फ गइरहेको डुंगा डुब्दा ९० आप्रवासी मृत्यु ।
२०१५– पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । संयुक्त राष्ट्रसंघमा भारतको पहलमा झन्डै संसारका सबै देश स्वस्थ रहनका लागि योगको प्रवद्र्धन गर्न सहमत ।