सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लकडाउनमा बन्द भएका ‘ट्राफिक बत्ती’ बल्न थाले

आइतबार, ०७ असार २०७७, २० : ००
आइतबार, ०७ असार २०७७

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोरबिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नयाँ बानेश्वर, सिंहदरबार, पद्मोदय मोड, सुविधानगर, गैरीगाउँ, नयाँठिमी चोक, कालिमाटी, गौशाला, मित्रपार्क, नारायणगोपाल चोकलगायतका ट्राफिक बत्ती सञ्चालनमा आएको जानकारी दिए । ‘बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेसँगै उपत्यकामा सवारी चाप बढेकाले ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएका हौँ’ उनले भने । 

महाशाखाले ट्राफिक बत्तीको सञ्चालन गरेसँगै ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारवाहीसमेत गर्ने भएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँगको सहकार्यमा विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती सञ्चालनमा ल्याएको थियो । ट्राफिक बत्ती जडानसँगै ट्राफिक प्रहरीलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप