सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा पनि देखियो कोरोना

आइतबार, ०७ असार २०७७, २२ : ०९
आइतबार, ०७ असार २०७७

ओखलढुङ्गा ।  ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । सङ्क्रमित  लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् । आज पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप