सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोभिड–१९ का क्रियाशील संक्रमितको संख्या ८६५ पुग्यो

आइतबार, ०७ असार २०७७, २२ : ४२
आइतबार, ०७ असार २०७७

कैलाली । सुदूर पश्चिम प्रदेशमा कोभिड–१९ का कृयाशील संक्रमितको संख्या  ८६५ पुगेको छ । आईतबार थप ७६ जनामा कोभिड १९ को संक्रमण पुस्टी भए पछि सो संख्या ८६५ पुगेको हो । आईतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोग शालाबाट गरिएको परीक्षण बाट ४३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै १३८ जना संक्रमित निको भई घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएकामध्ये कैलालीका २४ पुरुष, ८ महिला, कञ्चनपुर २ पुरुष, १ महिला, बैतडी २ पुरुष, डडेल्धुरा १३ पुरुष,३ महिला रहेका छन् । त्यसैगरी डोटी १८ पुरुष, ३ महिला, बाजुरा १ परुष र १ महिलामा पुष्टि भएको जनाइएको छ ।  सामाजिक विकास मन्त्रालयले कुराको जानकारी दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप