सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा थप ५ जना कोरोना संक्रमित निको भए

सोमबार, ०८ असार २०७७, १६ : ५८
सोमबार, ०८ असार २०७७

बुटवल । दाङका थप ५ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जनासहित ६ जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।

गएको जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका ३, लमही नगरपालिकाका २ र प्युठानका १ जना गरी ६ जना संक्रमित निको भएर सोमवार घर फर्किएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

उनीहरु सबै पुरुष रहेका छन् । अस्पतालमा रहेका ५३ जना बिरामीमध्ये ६ जना निको भएर घर गएपछि हाल ४७ जना बिरामी रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप