आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेजनले जलवायु परिवर्तन विरूद्धको लडाईंका लागि  २ अर्ब डलर लगानी गर्ने

मङ्गलबार, ०९ असार २०७७, २२ : ४९
मङ्गलबार, ०९ असार २०७७

एजेन्सी । जलवायु परिवर्तन विरूद्धको लडाईं अन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले २ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ । ‘क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ’ उक्त विश्व प्रसिद्ध कम्पनीले जनाएको छ । 

यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिवद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले बताए ।

विश्वका सबै आकार र चरणका कम्पनी तथा फर्महरूलाई सहयोग उपलब्ध गराइने अमेजनले बताएको छ । भावी पुस्ताहरूका लागि पृथ्वीलाई जोगाउन शुन्य कार्बनको अभियानमा लगानी गरी जलवायु परिवर्तन नियन्त्रणमा सम्भावित पहलस्वरूप लगानी हुने कम्पनीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप