सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका ८ जिल्लामा थपिए ३२ कोरोना संक्रमित

बुधबार, १० असार २०७७, ०७ : ४४
बुधबार, १० असार २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार कास्कीसहितका ८ जिल्लामा ३२ नयाँ केस भेटिएको छ ।

पछिल्लो विवरण अनुसार लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखा, तनहुँ र १, १ जनामा कोरोना पुष्टि भएको छ । बागलुङमा ९, नवलपुरमा थप ३ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार लमजुङको मध्यनेपाल नगरपालिकाका ४ पुरुष, बेसिसहर नगरपालिकाका १ महिला, पर्वतको कुश्माका १ महिला, स्याङ्जाको आँधिखोला र अर्जुन चौपारी गाउँपालिकामा १, १ पुरुष, वालिङमा ३० महिने बालिकासहित २४ वर्षे १ महिला र ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरका १ पुरुष र २ महिला, मादी गाउँपालिकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो । गोरखाको गण्डकी गाउँपालिकाका १ पुरुष, बागलुङको बरेङ गाउँपालिकामा ८ र जैमिनी गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ ।

तनहुँको देवघाट गाउँपालिकाका १ पुरुष, नवलपुरको गैंडाकोट नगरपालिकाका ३ महिलामा समेत कोरोना देखिएको छ ।

नयाँ थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हिजो मात्रै गण्डकीमा १०४ नयाँ केस थपिएको थियो । आज थपिएका नयाँ केसको परिक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप