आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका

बुधबार, १० असार २०७७, १० : ०३
बुधबार, १० असार २०७७

बेइजिङमा कोरोनाभाइरस संक्रमणको नयाँ क्लस्टर फेला परेको बेला चर्चित खाना डेलिभरी गर्ने प्लाटफर्मका एक ‘डेलिभरी म्यान’ कोभिड–१९ पोजेटिभ पाइएपछि उनी सुपरस्प्रेडर बनेको चिन्ता व्यक्त गरिएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार थप २९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएका थिए । यसमध्ये १३ जना बेइजिङका रहेका छन् । त्यहाँ २४९ जना संक्रमितको उपचार भइरहेको छ ।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार २९ जना संक्रमित मध्ये ७ जना लक्षणबिनाका संक्रमित रहेका छन् । सोमबारसम्म ९९ जना लक्षणबिनाका संक्रमित निगरानीमा थिए ।

मे महिनाको अन्त्यतिर संक्रमणको नयाँ क्लस्टर फेला परेसँगै अहिले लाखौँ जनताको वृहत परीक्षण भइरहेको छ । जुन ११ देखि २२ सम्मा बेइजिङमा मात्र २४९ जना नयाँ संक्रमित फेला परेका छन् ।

बेइजिङका अधिकारीहरुले संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको बताइरहँदा चीनको चर्चित फुड डेलिभरी प्लाटफर्म ईएलई डट मी एक डेलिभरी म्यानमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ वर्षीय ती व्यक्तिले बेइजिङका ठूलो क्षेत्रमा गत जुन १ देखि १७ सम्म सेवा प्रदान गरेका थिए । यसमा डासिङ, फाङसान, डोङचेङ र फेङताइ जिल्ला रहेका छन् । ती व्यक्तिले एक दिनमा ५० वटा अर्डरसम्म डेलिभरी गरेका थिए ।

कम्पनीले आफ्ना सबै डेलिभरी स्टाफको कोरोना परीक्षण गरेको दाबी गरेको छ । संक्रमितको सम्पर्कमा आएका ती डेलिभरी गर्ने व्यक्तिलाई आइसोलेसनमा राखिएको छ ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप