सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि...

बुधबार, १० असार २०७७, १७ : ५८
बुधबार, १० असार २०७७

सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने पुरुषको कोरोना रिपोर्ट पाजेटिभ आएपछि क्वारेन्टिनमा बसेका ४६ जनामा त्रास बढेको छ ।  सुर्खेतको पञ्चपुरी नगरपालिका ५ स्थित विद्याज्योति माविको क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाएर खुवाउने तीन जनामध्ये एक जना पुरुषको पीसीआर परीक्षणमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो । 

खाना पकाएर खुवाउने व्यक्तिको पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा बसेकाहरुले बुधबार बिहानबाट खाना नखाएको बताएका छन् । उनीहरुले अर्को व्यवस्था गर्न नगरपालिकासँग अनुरोध गरेपनि नगरेको गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षण समेत नगरेर वेवास्ता गरिएको गुनासो उनीहरुको छ । 

‘क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाउने तीनजना मध्ये एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएपछि हामीले खाना खाएका छैनौ । अर्को व्यवस्था गर्न माग गरेपनि सुनुवाई भएको छैन’, क्वारेन्टिनमा बसेका उमेश न्यौपानेले टेलिफोनमा रातोपाटीलाई बताए । .उनकाअनुसार उक्त क्वारेन्टिनमा भारतको उत्तराखण्ड र कालापहाड लगाएतबाट आएका १० जना महिला र २ बच्चासहित ४६ जनालाई राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप