अकेसाले भनिन् ‘नाम मेरो लाली’
बिहीबार, ११ असार २०७७, १२ : ११
काठमाडौं – टिकटकबाट चर्चित बालिका अकेशा पोख्रेलको अभिनय रहेको ‘नाम मेरो लाली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टीक शैलीमा तयार यो गीतको म्युजिक भिडियो त्रिशा केसीले निर्देशन गरेकी हुन् ।
अम्बिका गुरुङको शब्द, रबिना बसेलको स्वर रहेको गीतमा राजन कार्की संगीत रहेकोछ । गीतमा सन्देश शर्माको छायाँकन तथा प्रवेश सिंहको सम्पादन छ ।