हत्या अभियोगमा एक जना पक्राउ
बिहीबार, ११ असार २०७७, १३ : ४१
काठमाडौं । आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नी श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
कृष्ण हरिले चक्कु प्रहार गर्दा उनकै श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।