सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

बिहीबार, ११ असार २०७७, १५ : ०८
बिहीबार, ११ असार २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पताल स्रोतका अनुसार चितवन घर भएका उनको केही महिना अगाडिमात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

उनमा कोरोना संक्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप