सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए

बिहीबार, ११ असार २०७७, १७ : १७
बिहीबार, ११ असार २०७७

पोखरा । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जा, सिरुबारीका ५५ वर्षीय पुरुष किराना पसले रहेको तथ्य प्रकाशमा आएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुष किराना पसलका सञ्चालक रहेको बताए ।

क्षेत्रीका अनुसार मृतकले स्याङ्जाको आँधीखोला–१, पञ्चमुलमा किराना पसल संचालन गर्दै आएका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या भएको उनलाई स्याङ्जाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको क्षेत्रीले बताए । 

असार ८ गतेबाट उनलाई पश्चिमाञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको भनाइ छ । मृतकको कुनै पनि ट्राभल हिस्ट्री नदेखिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । 

क्षेत्रीका अनुसार उनको मृत्युपछि उनको कन्ट्याक टे«सिङ गर्न अप्ठ्यारो भएको छ । किराना पसलका व्यापारी भएका कारण उनलाई पसलमै कोरोना संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ । कास्की, पर्वत र तनहुँमा पनि ट्राभल हिस्ट्री नभएकाहरुमा कोरोना संक्रमण देखिएपछि यतिबेला गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका लागि टाउको दुखाई बढेको छ ।

यसअघि पनि गोरखा जिल्ला हिरासतमा रहेका युवा, पर्वतका युवा र कास्कीका पुरुषमा कोरोना संक्रमण कसरी भयो भन्नेबारे आजसम्म पत्ता लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप