मदनकृष्ण र कोमल वलीको गीत ‘माया लाउन सजिलो’
बिहीबार, ११ असार २०७७, १७ : ३८
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको गीत ‘माया लाउन सजिलो’ सार्वजनिक भएको छ ।
शम्भुजित बास्कोटाको संगीत, उत्तम संजेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।
भिडियो मदनकृष्ण र कोमल स्टुडियोमा गाउदै गरेको देखिएका छन् । अन्य भिडियो पनि सम्योजना गरिएको छ । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् ।