कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु
बिहीबार, ११ असार २०७७, १७ : ५३
बुटवल । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षिय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका उनलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको छाती र बायाँ हात चट्याडले जलेको बताइएको छ ।