सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि

बिहीबार, ११ असार २०७७, १७ : ५५
बिहीबार, ११ असार २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १४ नयाँ संक्रमित संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपर र तनहूँमा गरि १४ नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिला, नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले संक्रमित १५ जनालाई आइसोलेसनमा लैजाने तयारी भई रहेको जानकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप