आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा २५ तालिबान लडाकू मारिए

बिहीबार, ११ असार २०७७, २२ : ३९
बिहीबार, ११ असार २०७७

एजेन्सी । सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरुले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो । 

टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए ।  बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्वन्धी विवरणको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । 

स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् । 

एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गरे । घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप