मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी गर्छ नेपाली सेनाले विपद व्यवस्थापन : यी हुन् सामग्री (फोटो/भिडियो)

शुक्रबार, २३ भदौ २०७४, १३ : १०
शुक्रबार, २३ भदौ २०७४

प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाकारी रूपमा गर्दै आइरहेको छ । विपद्का घटनाहरूको सामना गर्न सेनाले एउटा गणको नै स्थापना गरेर तालिम प्राप्त सैन्य जनशक्तिलाई तयारी अवस्थामा राखेको छ । 

विपद् व्यवस्थापनका लागि काठमाडौँको सुन्दरीजलमा श्री नं. १ विपद् व्यवस्थापन गण रहेको छ, जसअन्र्तगत तीनवटा उद्धार र एउटा बन्दोबस्ती गुल्म रहेको छ । जहाँ ३२ जना महिला सैनिकसमेत रहेका छन् । यो गणमा सेना समायोजनअन्र्तगत २ सय ४२ माओवादीबाट गएका छन् भने बाँकी नेपाली सेनाबाट छन् । 

विपद् व्यवस्थापनबारे विभिन्न तालिम लिएका यो गणका सेनाहरू देशका जुनसुकै भूभागमा प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा हराएका मानिसको खोजीकार्यका लागि परिचालित हुने गरेका छन् । विशेषगरी यो गणअन्तर्गत रहेका सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्नेलगायतको तालिम लिएका छन् । 

यसैबीच नेपाली सेनाले विपद् व्यवस्थापनका लागि आफूसँग पर्याप्त सामग्री नभएको जनाएको छ । नेपाल उच्च भूकम्पीय जोखिम तथा बाढी पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले आवश्यक उपकरण खरिद गर्न आवश्यक रहेको सेनाको भनाइ छ । विपदमा खट्नका लागि दक्ष जनशक्ति भए पनि सीमित स्रोत साधानका आधारमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आइरहेको सेनाको भनाइ छ । 

यस्ता छन् विपद् व्यवस्थापनका लागि नेपाली सेनाले प्रयोग गर्ने उपकरणहरू :


 

खोला तथा गहिरो खाँेचमा खसेको व्यक्तिको उद्धार डेमो गर्दै नेपाली सेना 

सडक दुर्घटनामा परेका व्यक्तिको उद्धार डेमो गर्दै नेपाली सेना 

भूकम्पबाट भत्किएको घरबाट मानिसको उद्धार डेमो गर्दै नेपाली सेना 

नदी तथा तालमा दुर्घटना हुँदा डुङ्गा प्रयोगबाट उद्धार डेमो गर्दैै नेपाली सेना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप