सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के

शुक्रबार, १२ असार २०७७, ०७ : ४७
शुक्रबार, १२ असार २०७७

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोनाभाइरसका २५ नयाँ संक्रमित थपिएका छन् भने ९ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् ।

तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये तनहूँको ब्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ ।

आज मात्रै ९ संक्रमित निको भएर घर फर्केका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनालयले जनाएको छ । गण्डकी गाउँपालिकामा ५ पुरुष र गोरखा नगरपालिकामा ३ पुरुष, १ महिला गरि ९ जना निको भएर घर फर्केका हुन् । यो सँगै गण्डकी प्रदेशमा निको भएर घर फर्किनेको संख्या १०१ पुगेको छ । यस्तै २ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप