सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

शुक्रबार, १२ असार २०७७, १८ : ०२
शुक्रबार, १२ असार २०७७

बुटवल । बाँकेको नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा आज उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।
उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ । उनको बयान र अनुसन्धानका आधारमा बैकका प्रबन्धक शाहीलाई  प्रकाउ गरिएको हो ।

जसगढमाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लागेको छ । मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनलाई जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ।

प्रहरीले अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बैंकिङ कसुरको मुद्दा चल्दा भने उनी बैंकका थुप्रै खालका अनुसन्धानका दायरामा आउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप