सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा खुकुरी देखाएर घाँस काट्दै गरेकी महिलाको गहना लुटपाट

शुक्रबार, १२ असार २०७७, २२ : ४०
शुक्रबार, १२ असार २०७७

काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् । 

चाँगुनारायणतर्फबाट आएका उनीहरुले खुकुरी देखाएर आफ्नो बारीमा घाँस काटिरहेकी पार्वती गुरुङको ९९ लाल सुनको एक जोर गहना लुटपाट गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी प्रभाग साँखुको टोलीले तत्कालै स्थानीयवासीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको साँखुका प्रहरी प्रमुख इन्सपेक्टर गोविन्द पन्थीले जानकारी दिए । 

घटना भएको आधा घण्टाभित्रै शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटारबाट स्थानीयको सहयोगमा  उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर पन्थीको भनाइ छ ।

पक्राउ परेका उनीहरुको साथबाट गहना लुट्दा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको पन्थीले बताए । उनले भने– ‘थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप