सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

शनिबार, १३ असार २०७७, १६ : २६
शनिबार, १३ असार २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।  

यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै स‌क्रमणबाट मृत्यु हुनेकाे स‌ख्या २८ पुगेकाे गौतमले जानकारी दिए । 


हालसम्म कतिको भयो परीक्षण

पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ ।

अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप