सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १३ असार २०७७, १६ : ३५
शनिबार, १३ असार २०७७

काठमाडौं । हालसम्म कोरोनाको संक्रमण नदेखिएको रसुवामा पनि संक्रमण पुष्टि भएको छ ।  शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रसुवाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप