आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९१ हजार ३०० पुग्यो

आइतबार, १४ असार २०७७, १२ : ४७
आइतबार, १४ असार २०७७

काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ। 

शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो। यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो । 

यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै शुक्रबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएपनि पनि महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप