सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध १८ लाख रुपैयाँसहित ३ जना पक्राउ

आइतबार, १४ असार २०७७, १७ : ३३
आइतबार, १४ असार २०७७

जनकपुर । अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मनरा  सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

शनिवार प्रदेश प्रहरीबाट खटेको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख रुपैयाँ, सो मोटरसाइकलको पछाडी सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार रुपैयाँ र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताए । पक्राउ परेका ३ जनालाई १८ लाख रुपैयाँ र सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप