सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट रौतहटका एक युवाको मृत्यु

सोमबार, १५ असार २०७७, १२ : ४०
सोमबार, १५ असार २०७७

रौतहट । रौतहटमा पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट एक युवाको मृत्यु भएको छ । 

फतुवा विजयपुर ७ का २९ वर्षीय युवाको गएराति मृत्यु भएको हो । लामो समयदेखि हृदयरोग बाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

मृतकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

फतुवा विजयपुर नगर स्वास्थ सह–संयोजक प्रभु पटेलका अनुसार लामोसमय देखि हृदय रोगबाट ग्रसित ती युवकलाई केही दिन अघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे । बयोधामा अवस्था सुधार नहुँदा गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुर स्थित स्टार अस्पतालमा पठाएको सहसंयोजक पटेलले जानकारी दिए । 
 मृतक युवक केही महिनाअघि वीर अस्पतालमा पनि भर्ना भएको पटेलले बताएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टिसँगै उनको परिवारका सबै सदस्य र एम्बुलेन्स चालकसमेतलाई फतुवा बिजयपुरस्थित  क्वारेन्टिनमा राखिएको छ । 
रौतहटमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ११ सय ८९ पुगेको थियोे । रौतहटमा कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ७१ रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप