राजधानीको कुलेश्वरबाट ६५ लाख रुपैयाँ सहित दुई जना पक्राउ
सोमबार, १५ असार २०७७, १८ : २८
काठमाडौं । राजधानीको कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो ।
सोमबार दिउँसो ३ बजेतिर उनीहरुले अवैध हुन्डी कारोवार गर्दै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।