सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ
मङ्गलबार, १६ असार २०७७, १२ : १५
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा रु १०० ले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।