अमेरिकामा हरेक दिन एक लाख नयाँ संक्रमित भेटिन सक्ने चेतावनी
बुधबार, १७ असार २०७७, ०७ : ५९
अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् ।
फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् ।
उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी दिएका छन् ।
अहिलेको समयमा अमेरिकामा हरेक दिन ४० हजार नयाँ संक्रमित देखिएका छन् ।
फाउचीले सावधानी नअपनाए अमेरिकाम हरेक दिन एक लाखभन्दा बढी नयाँ संक्रमित भेटिने कुरामा कुनै शंका नभएको उनले बताएका छन् ।
स्रोतः बीबीसी