स्थानीय तह निर्वाचनका लागि नेविसंघका प्रतिनिधि
शुक्रबार, २३ भदौ २०७४, २१ : २१
१
काठमाडौँ- नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि खटाएको छ ।
नेविसंघका कोषाध्यक्ष शिव रिमालले प्रदेश नं २ अन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा काँग्रेसलाई विजय गराउन प्रतिनिधि खटाइएको जानकारी दिए ।
नेविसंघले काँग्रेसको सरकारको पालामा बनेको संविधान काँग्रेसको नेतृत्वले कार्यान्वयन गर्ने नाराका साथ चुनावी प्रचारप्रसारसमेत गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघले स्थानीय तहमा हुने विभिन्न समस्याको पहिचान गरी समाधान खोज्न पार्टीलाई जानकारी गराउने स्पष्ट पारे ।