मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुल वान अब नयाँ संस्करणमा

शुक्रबार, २३ भदौ २०७४, २१ : ३७
शुक्रबार, २३ भदौ २०७४

काठमाडौं– कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक विक्रेता जयमा इन्टरकन्टिनेन्टलले नयाँ कुलप्याड कुल वान ६४ जीवी संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । 

सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उत्कृष्ट रुपमा रहेको कुलप्याड गत बर्ष मात्रै नेपाल भित्रिएको हो ।

जयमाँ इन्टरकन्टिनेन्टल प्रा.लि. ले एक मात्र आधिकारिक वितरक र बजार प्रवर्धकको रुपमा कुलप्याड स्मार्टफोन्स नेपाली बजारमा भित्र्याएको हो । डिउल मोड र डिउल स्ट्ण्डबाई ह्याण्डसेटको आविश्कारक कुलप्याडले चीन, उत्तर अमेरिका, युरोप र अरु एशियाली मुलकमा अलग पहिचान बनाएको छ । 

संसारभरि ६ वटा स्थानमा आर एण्ड डी सुविधा र र ३ हजार भन्दा बढी इन्जिनियर सहितको सहयोगमा, नयाँ शताब्दीको स्मार्टफोन डिजाईन भइरहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप