आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ७०० ले घट्यो, तोलामा ९१ हजार रुपैयाँमा कारोबार

बिहीबार, १८ असार २०७७, ११ : १७
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । 

यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप