मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो दुई एसडीएलजी ग्रेडर

मङ्गलबार, ०६ असार २०७४, १२ : ४२
मङ्गलबार, ०६ असार २०७४


काठमाडौं– एक्स्प्लोर अर्थमुभर्सले ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडीएलजी ग्रेडर वजारमा ल्याएको छ । यी ग्रेडरह प्राविधिक रुपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । 


मोडल ९१३८ मा तीन प्रकारका ब्लेड ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भनें ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडयुक्त छन् । यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधा प्नि रहेका छन् । विगत १०० वर्षदेखि विश्व बजारमा आफ्नो पहिचान कायम गर्न सफल रहँदै आएको एसडीएलजी ग्रेडर नवीन खोज र डिजाइनका लागि विश्वमै प्रमाणित भैसकेका छन् । 


यी ग्रेडर यो ग्रेडरमा विद्यमान थप विशेषतामा च्यासिसको अग्रभागमा क्याबिन छ । जसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ । कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रो गर्न सकिने यसको विशेषता हो । आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषता हुन् । पछाडीको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् । तीन थरीका पावर मोड र स्वचालित क्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्ने कम्पनीले जनाएको छ । 

सानडोङ लिङगोङ मेशिनरी (एसडीएलजी) को स्थापना सन् १९७२ मा भएको थियो । यो निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो ।  यसले एसडीएलजी ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ । कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ । जसबाट कम्पनीका ह्वील लोडर्स, ब्याकहो लोडर्स र सडक उपकरणको क्वालिटी, क्षमता र विश्वसनीयता सुनिश्चित गर्न सक्षम भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप