सुनको मूल्य घट्यो
सोमबार, २२ असार २०७७, १० : ५६
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको छ ।