कञ्चनपुर ५ र डोटीमा थपिए ४ जना संक्रमित
बुधबार, २४ असार २०७७, १६ : २१
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा भएको (कोभिड १९) कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नयाँ पुष्टि भएकामा १ महिलासहित ८ जना पुरुष छन् । संक्रमित हुनेहरुमा डोटीका ३ पुरुष र एक महिला गरी चार जना छन् । त्यसैगरी कञ्चनपुरका ५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनीहरु सवैको उपचार भइरहेको अस्पतालले जनाएको छ ।