सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन

बिहीबार, २५ असार २०७७, १३ : ०४
बिहीबार, २५ असार २०७७

आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै अमदोउको निधनको औपचारिक जानकारी दिएका छन्, उनले आफ्नो देश शोकमा रहेको विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको थियो । 

राष्ट्रपति अलेस्येनले ३० वर्षभन्दा लामो अवधिमा प्रधानमन्त्री अमदोउ आफ्ना नजिकका सहयात्री रहेको बताए । ६१ वर्षीय अमदोउ यसै वर्ष अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ पार्टीबाट उम्मेदवार चयन भएका थिए । 

दुई महिनासम्म उपचारका क्रममा फ्रान्स बसेपछि भर्खरै उनी स्वदेश फर्किएका थिए । ट्वीटरमा राष्ट्रपति अलेस्यनले लेखेका छन्, ‘इमानदारी, समर्पण र देशप्रति माया भएका यी नेताको संझनामा म सलाम गर्छु ।’ अमदोउकी श्रीमती र पाँच छोराछोरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप