आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाढीले जुरे र बाह्रबिसेमा राजमार्ग कटान, गाडीहरु बाढीले बगायो (तस्बिरहरु)

बिहीबार, २५ असार २०७७, १५ : ०१
बिहीबार, २५ असार २०७७

-शभ्भु दंगाल र सुजन पन्त

काठमाडौं । अवरिल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकस्थित अरनीको राजमार्ग कटान गरेको छ । बाढीले जुरे र बाह्रबिसमा दुई ठाउँमा राजमार्ग कटान गरेको हो । 

गएराति सडकमा रोकिराखिएका ३ गाडीसमेत नदीले बगाएको थियो । 

२ ट्रक र एउटा सानो गाडी बगाएको स्थानीयले बताए । अहिले भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको छ भने स्थानीयमा त्रास देखिन्छ । 

यस्तै बाह्रबिसेमा हिजोरातिको बाढीमा परी २ जनाको मृत्यु भएको छ भने १६ जना अझै बेपत्ता रहेका छन् । 

यस्तै घाइतेहरुको  उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ भने सुरक्षानिकायसँगै स्थानीयपनि उद्धारमा खटिएका छन् । 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप