बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, २५ भदौ २०७४, ०५ : २५
आइतबार, २५ भदौ २०७४

बि.स.२०७४ भाद्र २५ गते । आईतबार । ईश्वी सन् २०१७ सेप्टेम्बर १० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि चतुर्थि ०५ घडि ५४ पला, बिहान ०८ बजेर ०९ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र अश्विनी १६ घडी ३२ पला,दिउँसो १२ बजेर २४ मिनेट उप्रान्त  भरणी । योग ध्रुव ३१ घडि ५ पला,बेलुका ६ बजेर १३ मिनेट उप्रान्त व्याघात । करण वालब, बिहान ०८ बजेर ०९ मिनेट उप्रान्त कौलव,बेलुका ७ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा आनन्द योग । चन्द्ररासि मेष । पञ्चमी श्राद्ध । ईन्द्रध्वज पातन । नानिचाया ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १३ मिनेट जादा । दिनमान ३१ घडी ०४ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।  

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैया पैसा कमाउँने काममा सहभागि हुँन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ भने प्राकृतिक स्रोत साधन प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।  

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुँनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुँने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउँन खोज्नेछन् ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथि सँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुँनेछ । भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपाईलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गरेपनि भनेजस्तो आम्दानि हुँनेछैन । ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपाईसँग सत्रुतापुर्ण व्याबहार गर्नेछन् । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ भने बादबिवादमा तपाईको प्रश्तुति कमजोर रहनाले सत्रुहरु हावि हुँनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले मानशिक तनाब बढ्नेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुँने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुँनेछ । बिद्यार्थिहरुले पढ्न लेख्न मन नगर्दा पढाई बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा थप लगानि गर्ने बाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँन योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । 

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ, फोन नं.९७४१०६८९६२

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप