दाङमा फरार २ अभियुक्त पक्राउ
शुक्रबार, २६ असार २०७७, १४ : ११
बुटवल । दाङमा ज्यान मार्ने उद्योग मुद्धा चल्दै गर्दा फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर –१२ निवासी २० वर्षका निराजन खड्का र सोही ठाउँ निवासी १८ वर्षका रोशन थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
उनीहरुलाई तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । २०७६ माघ ४ गते तुलसीपुर –६ निवासी २१ वर्षका जितबहादुर मल्ललाई तुलसीपुर –१२ मा ज्यान मार्ने उद्देश्यले कुटपिट गरि भागेका थिए । प्रहरीको अदालतमा पेश गर्ने तयार गरेको छ ।