सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा संक्रमितको संख्या बढ्न थाल्यो, समूदायमा नमुना संकलन थालियो

आइतबार, २८ असार २०७७, १६ : ५३
आइतबार, २८ असार २०७७

काठमाडौं । उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समूदायमा नमुना संकलन गर्न थालेको छ । 

नखुटोल, कोटेश्वर, संखमुल, बूढानीलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए । 

अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । 

उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उनले बताए । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए । 

 उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय र आइसीयू लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनले बताए । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप